१७ चैत्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निणर्य गरेको बुझिएको छ ।
Advertisement
आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने त्रिविले जनाएको छ ।
टिप्पणीहरू