Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंहपूर्वाको वि.व्य.स.मा ४ सदस्य चयन

    १५ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको व्यवस्थापन समितिका लागि सदस्य चयन गरिएको छ ।

    बिहीबार बसेको अभिभावक भेलाबाट राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको विद्यालय व्यवस्थापन समितिका लागि चार सदस्यीय समिति रर्वसम्मत चयन भएका वडाध्यक्ष जबर अलि बेहनाले जानकारी गराए ।

    Advertisement

    अभिभावक भेलाबाट पुरुषतर्फ रघुराज विश्वकर्मा, ईस्राफिल दर्जी, महिला तर्फ साकरुन बेहना जामिया शेष सर्वसम्मत रुपमा चयन भएका हुन ।

    नगरको शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा वडाध्यक्ष बेहनाको सहजिकरणमा सदस्य चयन भएका हुन । वडाध्यक्ष बेहनाका अनुसार कारणवस आज अध्यक्षको विषयमा टुंगो नलागेपनि शुक्रबार निर्वाचित सदस्य मार्फत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने तयारी छ ।

    Advertisement

    वडाध्यक्ष बेहनाले नाईल खबरलाई विद्यालयको स्थिति बारे जानकारी गराउदै भने, ‘यो विद्यालय एकदम नाजुक स्थितिमा छ । गत ३ वर्षको कार्यकालमा केही विकास भएन । विद्यालयको झ्याल, ढोका लगायतका पुर्वाधारहरु व्यवस्थापन गर्नका लागि मैले पटक पटक सहजिकरण गर्न खोजेको भए पनि विद्यालयका पुर्वअध्यक्षले चासो लिएनन् । यो कार्यकालमा एउटा ईट्टा समेत कतैबाट आएन ।’

    वडाध्यक्ष बेहनाले वडाभेलाको समापन गर्दै आफु यस विद्यालयको विकासका लागि वडाबाट सक्दो सहयोग गर्ने बताएका छन । उनले विद्यार्थीको लागि झोला, पोशाक, किताब, कापी, कलममा समेत सहयोग गर्ने जिकिर गरेका छन ।

    Advertisement

    उनले भने, ‘म लगायत यस क्षेत्रका व्याक्तिहरु त्यत्ति पढेलेखेको नभएपनि नयाँ पुस्तालाई पढाई तर्फ आकर्षित गर्न सबै खालको प्रयास गर्नेछु । म चाहन्छु की यस क्षेत्रका बालबालिका पढेर पिछिडिएको यस क्षेत्रको नाम उचाई सम्म लगुन ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »