Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अब अनलाइनबाटै रिट निवेदन दर्ता गर्न सकिने

    १५ चैत्र, बाँके । सर्वोच्च अदालतले अब अनलाइनबाटै रिट निवेदन दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

    सर्वोच्चले यसका लागि ल फर्म अभिलेखीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अनलाइनबाटै रिट निवेदन दर्ताका लागि सबै ल फर्महरूलाई अभिलेखीकरणमा आउन सर्वोच्चले बोलाएको छ ।

    Advertisement

    सर्वोच्च अदालत सूचना प्रविधि समितिको मिति यही चैत ७ गते बसेको बैठकको निणर्यअनुसार निवेदनहरू अनलाइन प्रणालीमार्फत पनि दर्ता गर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।

    उक्त प्रणाली मार्फत रिट निवेदन दर्ताको प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि ल फर्महरू अभिलेखीकरण गर्न आवश्यक कागजातहरू सहित एउटा फाराम भरेर १५ दिनभित्र अदालतको रिट दर्ता शाखामा सम्पर्क गर्न सर्वोच्चले सूचना जारी गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »