Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छः प्रचण्ड

    तस्बिर : प्रधानमन्त्रीको सचिवालय

    १५ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

    सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने जिकिर गरे ।

    Advertisement

    सम्बोधन गर्दै उनले भने, ‘चालु आर्थिक वर्षको यस अवधिमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा महत्त्वपूणर् कार्य गर्न सफल भएका छौं । सुशासनको क्षेत्रमा पनि नयाँ पहल अघि बढाइएको छ । तर विकास निर्माणको क्षेत्रमा भने अपेक्षाअनुसार धेरै काम गर्नुपर्ने तथ्य आजको प्रगति विवरणले देखाएको छ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »