Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, नापी कार्यालय प्रमुख सहित १७२ जना विरुद्ध मुद्दा दायर

    १४ फाल्गुन, झापा । झापाको चन्द्रगढी स्थित नापी कार्यालयका प्रमुख विष्णुकुमार न्यौपाने सहित १ सय ७२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    हाल साबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । १ सय ७२ जना प्रतिवादीमध्ये २८ जना सरकारी कर्मचारीहरू रहेका आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।

    Advertisement

    प्रवक्ता घिमिरेका अनुसार झापाको साबिक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) विभिन्न कित्ताका २९ विगाहा १७ कट्ठा ४ धुर (३९७ रोपनी ८ आना १ पैसा ३ दाम) जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाबिक जग्गा दर्ता कायम गरिएको छ ।

    उक्त जग्गाको मूल्यांकन ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ कायम गरिएको छ ।

    Advertisement

    उक्त मुद्दामा सरकारी सार्वजनिक पद धारण गरेको नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारीहरू १० जना, मालपोत कार्यालय, दमक, झापाका कर्मचारीहरू ११ जना, नापी कार्यालय, दमक, झापाका कर्मचारीहरू ७ जना, सरकारी सार्वजनिक जग्गा गैह्रकानूनी तरिकाले हाल साबिक जग्गा दर्ता प्रकृयाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका शुरू जग्गा दर्तावाला ३६ जना र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाईएका प्रतिवादीहरु १०८ (एक सय आठ) जना गरी जम्मा प्रतिवादीको संख्या १७२ जना रहेको अख्तियारले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »