२ फाल्गुन, बाँके । मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशनको बन्द सत्रबाट पुनः चन्द्रेश्वरराज त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
मंगलबार श्री सत्यराम तपसी बाबा मन्दिर प्राड्डणमा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मनोज कौशल, सचिवमा सन्ध्या शर्मा, कोषाध्यक्षमा चन्दा सिंहलाई चयन गरिएको छ ।
Advertisement
यसैगरी सदस्यहरुमा क्रमशः शुभम शर्मा, धर्मप्रकाश जयसवाल, प्रदीप गुप्ता, आकाश गुप्ता, उमेश मिश्रलाई चयन गरिएको अध्यक्ष त्रिपाठीले जानकारी गराउनुभयो ।
मधेश मिडिया मिसन बाँके शाखा अन्तर्गत रहेको नागरिक अधिकार मञ्चको नेतृत्व समिर अलीलाई दिने निर्णय गरिएको तथा मञ्चमा निष्कृय रहेका पदाधिकारीहरुलाई हटाई नयाँ सक्रिय पदाधिकारीलाई चयन गर्न होली मिलन कार्यक्रम लगत्तै छलफल चलाउने समेत अध्यक्ष त्रिपाठीले बताए ।
टिप्पणीहरू