Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आरती शाह हत्या प्रकरणः मानव अधिकारमा ज्ञापनपत्र बुझाउन जादा पीडित परे प्रहरीको खोरमा

    २३ पौष, काठमाडौँ । आरती शाहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका पीडितका आफन्त र अभियन्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।

    आयोगको विज्ञप्ति जलाउने र सडकमा सुतेर प्रदर्शन गर्ने क्रममा आरती शाहका भाइ प्रेम साह र सामाजिक अभियन्ता रविना श्रेष्ठ तथा जस्मिन ओझालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    करिब ३ घण्टा प्रहरीको नियन्त्रणमा रहेका उनीहरु बेलुका ५ बजे रिहा भएका छन ।

    आरती शाह संघर्ष समितिका नाममा पीडित परिवारका सदस्यलाई समेत लिएर अभियन्ताहरु ज्ञापनपत्र बुझाउन सोमबार दिउँसो हरिहर भवन स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले आयोगलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर मानवअधिकार आयोगले ज्ञापनपत्र बुझ्न नमानेको भन्दै अभियन्ताले मानवअधिकार आयोगको कार्यालय अगाडि आयोगको सिफारिसमा आगो लगाएका थिए ।

    Advertisement

    अभियन्ताहरुले मानवअधिकार आयोगमा बुझाउन नपाएको ज्ञापनपत्रमा आरती साहको हत्यापछि जाहेरी लिन नमान्ने प्रहरी र पोष्टमार्टममा गलत रिपोर्ट दिने डाक्टरहरु माथि समेत अनुसन्धान गरी कारवाहीको सिफरिस गर्न माग गरिएको छ ।

    Advertisement

    – खबरहबबाट

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »