१६ पौष, बाँके । चर्चित गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच बीचमा’ गीतले नेपालगञ्ज महोत्सवमा तहल्का मचाएको छ ।
नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवको एघारौं दिन महोत्सवमा आएका चर्चित गायक तथा मोडल दुर्गेशको प्रस्तुतिले महोत्सवमा तहल्का मचाएको थियो । दुर्गेशले महोत्सवमा प्रस्तुत गरेको ‘ भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बिच बिचमा, भाग भाग, जय सम्भु जय सम्भु’ गीतमा दर्शक नाचेका थिए । दुर्गेशको जोश सहितको एकपछि एक आफ्नो चर्चित चर्चित करिब आधा दर्जन प्रस्तुतीले दर्शर्क नाच्न आकर्षण भएका थिए । दुर्गेशले चर्चित गीतको प्रस्तुतिमा आफ्ना टिमसहित नाचेका तथा दर्शकलाई नचाएका थिए ।
Advertisement
यस्तै, गायक चन्द्र शर्माले प्रस्तुत गरेको लोकप्रिय गीत, बाच्छीले धान खायोमा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवको एघारौं दिन दुर्गेश थापा सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । आईतवार महोत्सवमा आएका चर्चित अभिनेता शौगात मल्ल, हास्य कलाकार कमलमणि नेपाल लगायतले एक पछि एक बेजोड प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुणर् मनोरञ्जन गराएका थिए ।
यस्तै, आज सोमबार चर्चित गायक गोपाल नेपाल जीएम, गायिका तथा उद्घोषिका शोभा त्रीपाठी र मंगलवार चर्चित गायिका रचना रिमाल, चचित भोजपुरी मोडेल तथा टिकटक स्टार प्रिती पासवान लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सव संयोजक नन्द बुढाले जानकारी गराए ।
Advertisement
यस बाहेक दर्शकको थप मनोरञ्जन एवं स्थानीय कलाकारहरुको प्रोत्सहानका लागि प्रत्येक दिन प्रदेश स्तरीय डान्स आइडल प्रतियोगिता तथा सगरमाथा डान्स गु्रपको समेत बजोड प्रस्तुती रह्ने संयोजक बुढाले बताए ।
टिप्पणीहरू