३० मंसिर, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गरेका छन । कैलालीको गेटामा अवरोधको सामाना गरेपछि डा. गोविन्द केसीले शुक्रवार साझबाट धनगढीमा अनसन शरु गरेका छन् ।
शुक्रबार दिउँसो अनसनको घोषणा गरे लगत्तै साझ गेटामा अवस्थित प्रस्तावित मेडिकल कलेजमा पुगेका थिए । तर उनलाई स्थानीय वासिन्दाले अस्पतालको गेटभित्र छिर्न दिएका थिएनन् ।
Advertisement
डा केसी तीन दिनसम्म अनसन बस्नेछन् । संक्रमणकालीन न्याय र चिकित्सा शिक्षासँग सम्बन्धित २ बुँदे माग अगाडि सार्दै केसीले अनसन शुरु गरेका हुन् ।
उनले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग गरेका छन ।
Advertisement
यस्तै, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदा सम्म दलीय भागबण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्ड अनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने डा. केसीको माग छ ।
टिप्पणीहरू