Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नागरिक बचतको १५ औँ बार्षिक साधारणसभा सम्पन्न

    ३० मंसिर, बाँके । बाँकेको नेपालगञ्ज वडा नं. २ बाँकेमा अवस्थित नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

    साधारणसभामा आ.व. २०७९/०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बराबारको कुल बचत संकलन गर्दै तरलता व्यवस्थापनलाई उचित व्यवस्थापन गरी १५ करोड २५ लाख ३१ हजार ६ सय ६० रुपैयाँ ४० पैसा गरी सदस्यहरुलाई फिर्ता गर्दा कुल बचत निक्षेपमा ३३ करोड २३ लाख ३ हजार ३ सय १६ रुपैया ११ पैसा कायम रहको सहकारीको सचिव हिरेन्द्र बहादुर खड्काले जानकारी दिए ।

    Advertisement

    जसमा शेयर पुँजी १० करोड २ लाख ७ हजार ९ सय गदैं मुनाफा कर ६७ लाख ७ हजार ६ सय रुपैया ५३ पैसा गर्न सफल भएको सस्थाका कोषाध्यक्ष रबिन्द्र कुमार अर्यालले बताए ।

    सहकारीको दिगोपन स्वनियम र सुशासन भन्ने मुल नाराका साथ साधारणसभाका प्रमुख अतिथि नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका कायर्यालय प्रमुख छत्र प्रसाद धमलाले उद्वघाटन गरेका थिए ।

    Advertisement

    बाँकेमा नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ठ काम गरी सवैको संस्था भएको जनाउदै सबै जना लाग्नु पर्ने र नेतृत्वदायी भूमिका खेल्नु पर्ने धमलाले बताए । उनले उक्त सहकारीमा आवद्ध भएर प्रदेश कै उकृष्ट सहकारी बनाउनु पर्ने बताए ।

    बरिष्ठ सल्लाहकार पुष्कार बहादुर खड्काले सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र बाँके जिल्ला उकृष्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् ।

    Advertisement

    सभामा सल्लाहकार रमनाथ ढकाल, विष्णु ब. बोगटी, लेखासमिती संयोजक उपाध्यक्ष जंग बहादुर विष्ट, कोषाध्यक्ष रबिन्द्र कुमार अर्याल, शान्ति सिंह ठकुरी, सञ्चालक सदस्य रमेश कुमार मिश्र, सञ्चालक सदस्य निमा खत्री गुरुङ्ग, लेखा समिति सदस्य दिल बहादुर थापा, लेखा समिति सदस्य पदमा चन्द शाही, ऋण सदस्य दयाराम ढकाल, ऋण उप समिति सदस्य धालेन्द्र कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा संस्थाका सभाअध्यक्ष जयलाल पराजुली ग्रहण गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »