Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मन्दिरबाट चोरी भएको सालिग्राम सहित एक जना पक्राउ

    २५ मंसिर, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारा स्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी भएको सालिग्राम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मन्दिर परिसर भित्रबाट १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थान सहित सोही नगरपालिका-९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले बर्दिया पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हरि नारायण ओलीले जानकारी दिए ।

    Advertisement

    उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।

    उक्त सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »