२० मंसिर, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका-७ बाट एक जना र सोही गाउँपालिका-२ फुटाहाबाट तीन जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार बर्दिया प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।
Advertisement
प्रहरी निरीक्षक चौधरीले नाईल खबरलाई जानकारी गराउँदै बढैयाताल ७ बाट पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् ।
भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थ सहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
Advertisement
यस्तै, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफेका २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
उनीहरुलाई पक्राउ गरेर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















टिप्पणीहरू