संजय कुशवाहा
२० मंसिर, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ स्थित केरवानीको भित्रि सडकमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लोहरौली बस्ने वर्ष २१ को सागर गुप्ता रहेका छन ।
Advertisement
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सेनाको कमाण्डमा खटिएको प्रहरी टोलिले नियमित चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ६४ प ३७८७ नम्बरको मोटरसाईकलमा ३ जना सवार रहेका मध्य २ जना फरार भएपछि मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित गुप्तालाई पक्राउ गरिएको हो ।
गुप्ताले चढेको मोटरसाईलमा कालो रङ्गको झोलामा बोकेको लागुऔषध डाइजपा १ सय ९८ एम्पुल ,फेनारागन १ सय ९८ एम्पुल, नुफीन १ सय ९६ एम्पुल, हिरोईन जस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
उक्त लागुऔषध कारोबारमा संलग्न र फरार भएका दुईजनालाई खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बोहराले जानकारी दिए ।
टिप्पणीहरू