१७ मंसिर, बाँके । लागू औषध अफिम र चरेस सहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
गएराती करिब पौने ९ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं ८ पिपिरीका बस्ने रेवन्त राना र उनको श्रीमती कविता थापाको घर र उनको बा ५ प ८२१५ नम्बरको कार चेकजाँच गर्दा लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा चरेश जस्तो देखिने कालो पदार्थ १२ के.जी. ७०४ ग्राम र अफिम जस्तो देखिने कालो गिलो पदार्थ २ के.जी. ११६ ग्राम सहित पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी गराए ।
उनले भने, ‘उनीहरुले कारोबार गरी रहेको गोप्य सूचना प्राप्त हुन साथ कोहलपूरबाट प्रहरी टोली खटिएको थियो ।’
Advertisement
उनका अनुसार दुवै जनालाई पक्राउ गरिएको छ र थप अनुसन्धान अगाडि बढाइएको छ ।
यस अघि पनि रेवन्त रानाको २०७१ चैत १९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा चलेको थियो । यस्तै, २०७२ असोज २० गते जिल्ला प्रहरी कार्यालयबाट जिल्ला बाँकेबाट केही सार्वजनिक अपराध शिर्षकमा मुद्दा चलेको थियो । २०७३ असार ३ गते ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट लागु औषध चरेश शिर्षकमा मुद्दा चलेको प्रहरीको तथ्यांक छ ।
Advertisement
लागू औषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ बर्ष देखी जन्म कैद र पाँच लाख देखी २५ लाख सम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।
टिप्पणीहरू