Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दैलेखको राकममा १० हजार जनता उतार्ने तयारी

    १६ मंसिर, दैलेख । नेकपा (एमाले)को झुलाघाट-चिवाभञ्ज्याङः ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत कर्णालीको राकममा हुने सन्देश सभामा नेकपा (एमाले) दैलेख जिल्ला कमिटीले दश हजारभन्दा बढी जनता उतार्ने तयारी गरेको छ ।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा टोली मङ्सिर १७ गते आइतबार दैलेख आइपुग्ने हुँदा आठबीस नगरपालिकाको राकम कर्णालीमा हुने सन्देश सभालाई बृहत आमसभाको रूपमा सम्पन्न गर्ने तयारी गरिएको हो ।

    Advertisement

    नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त आमसभामा वृहत डेउडा खेल समेत खेलाउने तयारी गरेको नेकपा (एमाले) आठबीस नगर कमिटीका अध्यक्ष अमरबहादुर माझीले जानकारी दिए ।
    कर्णाली प्रदेशको कालीकोट र दैलेखको पश्चिम क्षेत्रमा डेउडा खेल भनेपछि हुरुक्कै हुने जनमानस बढी भएका कारण आमसभामा आएका मानिसलाई डेउडा मार्फत् एमालेका विचार र नीतिका बारेमा बुझाउन डेउडा खेल खेलाउन लागिएको माझीले जानकारी दिए ।

    ‘हामीले १७ गते मध्यपहाडी राजमार्गको अछाम र दैलेख जोड्ने कर्णाली पुलमा अध्यक्ष केपी शर्मा ओली लगायत अभियान टोलीलाई स्वागत गर्ने तयारी गरेका छौं । त्यसका लागि व्यानर राख्ने, स्वागतद्वार बनाउने कार्य भइरहेको छ ।’

    Advertisement

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कंडेलको नेतृत्वमा आमसभा तयारी तीब्र रूपमा भइरहेको र दश हजार भन्दा बढी जनता सहभागी गराउने योजनाका साथ तयारी भइरहेको माझीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »