१३ मंसिर, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्द किशोर कश्यपको पहलमा श्री नारायण माध्यमिक विद्यालयको लागि थप चार कोठे भवन निर्माण भएको छ ।
शिक्षा क्षेत्रलाई गुणस्तर बनाउन वडाध्यक्ष कश्यपको पहलमा राष्ट्रपति योजना अन्र्तगत नारायण माध्यमिक विद्यालय नजिकै विद्यालयकै नाममा रहेको जग्गामा चार कोठे भवन निर्माण गरिएको उनले बताए ।
Advertisement
वडाध्यक्ष कश्यपले भने, ‘विद्यालयमा कोठाको अभावका कारण सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा दिन असहज भईरहेको थियो । मैले आफ्नो पहिलो कार्यकालमा यो समस्यालाई समाधान गर्न राष्ट्रपति योजनामा पारे । अब धेरै विद्यार्थी पढ्न पाउनेछन ।’
दुई तल्ले भवन निर्माण एवं रंगरोगन सम्पन्न भईसकेपनि उद्धघाटन भने सरस्वती पूजामा गर्ने योजना रहेको छ ।
Advertisement
वडाध्यक्ष कश्यपका अनुसार गरिव तथा विपन्न परिवारका बालबालिकाहरुका लागि निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य रहेको छ । यसको लागि वडाको सिफारिसमा विद्यार्थीलाई किताब, कलम, झोला, पोशाक लगायतका सामाग्री निशुल्क दिईनेछ ।
उनले थप भने, ‘यसबाट शिक्षामा विद्यार्थीको आकर्षण र गरिबका बालबालिकाहरु पढ्नबाट पनि बञ्चित पनि हुनेछैनन् ।’
Advertisement
नारायण माध्यमिक विद्यालयको नाममा रहको उक्त जग्गामा यस अघि फोहर फाल्ने केन्द्र जस्तै थियो । तर वडाध्यक्षको विषेश पहलमा सो जग्गामा विद्यालयको लागि चार कोठे भवन निर्माण भएको छ ।
यस्तै, वडाको लागतमा सार्वजनिक शौचालयका समस्या झेल्दै आएको नेपालगञ्जको व्यापारिक क्षेत्र त्रिभुवन चोकमा शौचालय निर्माण कार्यलाई समेत अगाडि बढाइएको छ । गत आर्थिक वर्षमा शौचालयको निर्माण थालिएको भएपनि चालूआर्थिक वर्षमा पूणर्ता दिएर समास्या समाधान गर्ने लक्ष्यका साथ वडा कार्यालयको टिम अग्रसरत दिएको वडाध्यक्ष कश्यपले जानकारी गराए ।
Advertisement
वडा कार्यालयले प्रदान गर्दै आएको सेवा बारे चर्चा गर्दै वडाध्यक्ष कश्यपले भने, ‘हामीले प्रशासनिक कार्यमात्रै नभई यहाँ रहेका मठमन्दिरको सौन्दर्यकरण, त्रिभुवन चोकमा गर्मीमा शुद्ध खानेपानीको व्यवस्था तथा जाडोमा तातो पानीको व्यवस्था गरेका छौँ ।’
वडाको लागतमा त्रिभुवन चोकमा समरसेबुल बोर गरेर तातो र चिसो पानीको मसिन जडान गरिएको वडाध्यक्ष कश्यपले जानकारी गराए ।
वडाको प्रशासनिक कार्य सञ्चालनका लागि अब छिट्टै भवन निर्माण हुने भएको छ । वडाध्यक्ष कश्यपले जानकारी गराउदै अस्थाई रुपमा रहेको वडाकार्यालयको पछाडी खाली रहेको सार्वजनिक जग्गामा वडाकार्यालय, स्वास्थ्य चौकी निर्माण गर्ने योजना रहेको जानकारी गराए ।
उनले भने, ‘हाल उक्त जग्गामा खाल्डो रहेको छ । पहिला सफाई गराएर खाल्डो पुर्छौ । त्यस पश्चात नापी गरेर सार्वजनिक जग्गा छुट्टयाउछौँ ।’
उक्त जग्गामा सरसफाई थालिएको छ । वडाकार्यालय सम्म जानकालागि मुख्य बाटोको लागि समेत बीचमा पर्ने जग्गाधनी संग आवश्यक समन्वय भईसकेको वडाध्यक्षले बताए । वडाकार्यालयको आफ्नै भवन भएपछि दैनिक रुपमा प्रदान गरिने सेवामा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू