Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    ९ मंसिर, काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएको छ ।

    आज सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Advertisement

    उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात पनि सम्भावना रहेको विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा छ ।

    आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा हिमपात हुने र सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने पूर्वानुमान छ ।

    Advertisement

    उच्च पहाडी तथा हिमाली भू-भागमा तापक्रम घटिरहेकोले सतर्कता अपनाउन महाशाखाले सचते गराएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »