Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सडक कालोपत्रेलाई प्राथमिकता दिएको छु : वडाध्यक्ष वर्मा

    ८ मंसिर, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नम्बर ४ का स्थानीय तहले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक सञ्जाल कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् ।

    विगतका वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएकोले अबको दिनमा वडाध्यक्ष रमेश कुमार वर्माले संघीय र प्रदेश सरकार मार्फत योजना पारेर वडाका सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

    Advertisement

    प्रदेश सरकारको बजेटबाट जानकी ४ मा रहेको नाहर चौक देखि सहादतपुर चाचा भट्टा हुँदै खजुरा गाँउपालिकाको सिमाना सम्म ३ किलोमीटर कालोपत्रे सडक निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौ लाग्ने वडावासीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्दै आवतजावतमा सहजता बनेको छ ।

    दीर्घकालीन रुपमा समस्या समाधान गर्दै सडक कालोपत्रे बनाउने प्राथमिकता दिएको जानकी गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष रमेश कुमार वर्माले बताए ।

    Advertisement

    निर्माणाधीन सडकको गुणस्तर कायम गराउन र छिटो सम्पन्न गराउन आफ्नो तर्फबाट पटक पटक खबरदारी गरिरहेको उनले बताए ।

    वडाध्यक्ष बर्माले भने, ‘लामो समय सम्म अलपत्र अवस्थामा रहेको सहादतपुर सडक कालोपत्रको काम अहिले तीव्र रुपमा अगाडि बढेको छ । छिटो सम्पन्न गर्न र गुणस्तर कायम गराउन वडाको तर्फबाट दिनरात नभनी अनुगमन गरिरहेको छु ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »