७ मंसिर, बाँके । डाँका चोरी मुद्दामा अदालतबाट सजाय पाएका बाँकेका एक फरार प्रतिवादी पक्राउ परेका छन ।
सम्मानित बाँके जिल्ला अदालतले २०५१ साल चैत ८ गते गरेको फैसलाले फत्तेपुर गा.वि.स.३ बस्ने ६० वर्षिय सुखलाल बढईलाई डाँका चोरी मुद्दामा सजाय दिएको थियो ।
Advertisement
जिल्ला अदालतले उनलाई पाँच वर्ष ११ महिना ४ दिन कैद र पाँच हजार २ सय ८६ रुपैँया जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
सजाय पाएका उनी हालसम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको डाँगीले बताए ।
Advertisement
उनका अनुसार बढईलाई पक्राउ गरेर सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको छ ।
टिप्पणीहरू