१९ कार्तिक, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ ले चिकित्सक सहितको टोली राहत सामाग्री लिएर भुकम्प प्रभावित क्षेत्रमा पुग्दैँछ ।
भुकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुममा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नं. २ अन्र्तगत नेपालगञ्ज नगरले ६५ जनालाई पुग्ने त्रिपाल, कम्बल, पि फम, खाद्यान्न सामाग्री वितरण गर्ने क्षेत्रीय सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए ।
Advertisement
उनले भने, ‘भुकम्प प्रभावित क्षेत्रमा धनजनको ठूलो क्षति भएको खबर लगत्तै हामी राहतमा जुटेको थियो । चिकित्सक सहितको टोली लिएर नेपालगञ्जबाट राती नै हिडिसेकेका छौँ ।’
उनका अनुसार खाद्यान्नमा चिउरा, तुतपेष्ट, ब्रस, साबुन, जुस, दालमोट चक्लेट, विस्कुट, स्यानेटेरी प्याड लगायतका सामाग्री रहेको छ ।
बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठ, क्षेत्रीय कमिटी सदस्य एवं चिकित्सक समेत रहेकी डा. कमर जहाँ, क्षेत्रीय कमिटी सदस्य बाल कृष्ण लामिछाने लगायतले राहत लिएर प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन ।
Advertisement
यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले भुकम्प प्रभावित विरामीहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरिसकेको छ ।
टिप्पणीहरू