Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

    १९ भदौ, लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । चार दिनदेखि सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान शुरू भएको हो ।

    नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पालपाका हुन् भने, रिजाल प्यूठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन रोचक हुँदैछ ।

    Advertisement

    ५ जना पदाधिकारी २०५ जनाको लागि ३६४ जना प्रतिस्पर्धामा छन् । मतदान चलिरहँदा उम्मेदवारहरू प्यानल बनाएर प्रचारमा लागेका छन् । अध्यक्षका उम्मेदवार कँडेल समूहबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा पुरुषमा बाँकेका दुर्गा चौधरी र महिलामा बर्दियाकी लिला रानाले मत मागिरहेका छन् ।

    रिजालको समूहबाट उपाध्यक्षमा रूपन्देहीका विश्वराज बराल अनुप, उपसचिव पुरुषमा रोल्पाका पूर्ण बुढामगर र महिलामा बसन्ती अधिकारीले मत मागिरहेका छन् ।

    Advertisement

    सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका मानिन्छन् । लुम्बिनी एमाले अधिवेशनलाई पौडेल र पोखरेलको शक्ति परीक्षणको रूपमा पनि हेरिएको छ । दुवैको गृहप्रदेश लुम्बिनी हो ।

    – लोकान्तरबाट

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »