Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पूर्वमन्त्री विजय यादव उमाशंकरलाई पैसा तिरेपछि भए रिहा

    ३ साउन, बाँके । बैंकिङ कसुरमा पक्राउ भएका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता समेत रहेका विजयबहादुर यादवले सम्बन्धित व्यक्तिलाई रकम बुझाए पछि रिहा भएका छन् ।

    डुडुवा गाउँपालिका–१ होलिया घर भएका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवले रुपन्देही स्थित सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई सोमबार नै रकम बुझाएपनि आबश्यक प्रक्रिया पूरा हुन नस्क्दा मंगलबार मात्रै रिहा भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    Advertisement

    रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरे पछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको थियो ।

    २०७४ सालमा जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका यादवले उमाशंकरलाई १२ लाख २८ हजार रुपैयाँ बुझाएपछि रिहा भएका बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »