Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा पहिलो पटक लागूऔषध लापसे परिक्षण

    २७ असार, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध प्रयोग सेवन (लापसे) चेकजाँच सुरु गरेको छ ।

    बाँके मै पहिलो पटक शुरु गरिएको लापसे नेपालगञ्ज १० स्थित गणेशमान चौकमा कडाईका साथ मंगलबार साझँ चेकजाँच गरिएको छ ।

    Advertisement

    लागु औषध न्युनिकरण तथा सवारी दुर्घटना रोकथाम अभियान अन्र्तगत नेपालगञ्जमा लागु पदार्थ सेवन सम्बन्धि किटको प्रयोग गरेर सवारी चालकहरुलाई चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

    बाँके जिल्ला ट्रफिक प्रहरी कार्यालयका इंचार्ज तिलक सुनारका अनुसार लासपे सेवन गरेको फेला परेमा कारबाही सँगै काउन्सिलिङ समेत गरिएको छ ।

    Advertisement

    बाँकेमा लागुऔषध सेवन गर्ने अत्याधिक मात्रा ट्रफिकको तथ्यांक रहेको प्रवक्ता डाँगीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »