संजय कुशवाहा
२२ असार, नवलपरासी । पश्चिम नवलपरासी सशस्त्र प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदैँ गरेको पिकअप गाडी, चावल र गाडी चालक सहीत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार प्रतापपुर गाउँपालिका वडा न. २ गोपिगञ्ज बजार स्थितबाट सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका सशस्त्र प्रहरी निरीक्षक श्याम थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले लु २ च २९ नम्बरको पिकअप गाडीमा चावल लोड गरि ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त गाडीमा ४३ बोरा अवैध चावल , पिकअप गाडी र गाडी चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
Advertisement
उक्त बरामद गरिएको चावलको मुल्य १ लाख ५० हजार बराबर रहेको छ भने पिकअप गाडी र चावल आवश्यक कारवाहीको लागि बुटवल पठाउँदा चावल सहितको पिकअप गाडी बाटोमा पल्टिए पछि पल्टिएको गाडीलाई उठाई आवश्यक मर्मत पछि बुटवल पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू