Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बर्दघाटमा आगलागी हुँदा ३७ लाख बढीको क्षति, एक जना घाइते

    संजय कुशवाहा
    १९ असार, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा आगलागी हुँदा ३७ लाख ५ हजार बराबरको क्षति भएको छ ।

    बर्दघाट नगरपालिका वडा न. ४ बर्दघाट बजार स्थित बस्ने बम बहादुर थापाको दुई तल्ले घरमा सटर भाडामा लिइ बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । आगलागीबाट चारवटा पसलमा क्षति पुगेको छ भने एक व्यक्ति सामान्य घाइते भएका छन ।

    Advertisement

    आगलागी भएको घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बिरेन्द्र के.सी. को नेतृत्वमा २५ जनाको प्रहरी टोली घटनास्थलमा पुगि स्थानीय , दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

    आगो निभाउने क्रममा फोटो स्टुडियो पसलका संचालक वर्ष ३१ का सुरज चौधरी सामान्य घाइते भएका थिए । त्यसैगरी दुर्गा न्यौपानेको फेन्सी , फार्मेसी र पुजा सोनीको जेके सैलुनमा पनि आंशिक क्षति पुगेको सुचना अधिकारी पाण्डेले बताए । घटनाको थप अनुसंधान र क्षतिको एकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »