११ बैशाख, काठमाडौँ । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्य तर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।
त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाजमा केहीबेरमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।
Advertisement
तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।
Advertisement
जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु सवार रहेका बुझिएको छ ।
टिप्पणीहरू