२६ चैत, बाँके । जनमत खसआर्य जनमत संघ लुम्बिनी प्रदेश प्रमुख तेज नारायण कंडेलको जन्मदिनको अवसरमा उनी सहित २५ जना टिमले रक्तदान गरेका छन ।
‘रक्तदान जिवनदान, सेवा र्नै हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथ आइतबार पर्न गएको जन्मदिनको अवसरमा २५ जनाले रक्तदान गरेका हुन ।
Advertisement
सो अवसरमा कंडेलले भने, ‘म मेरो जन्मदिनको अवसरमा रक्तदान गरेर खुसी महसुस गरिरहेको छु ।’
यत्ति बेला बाँकेमा रक्तको निकै अभाव छ । सो विषयलाई मध्यनजर गर्दै कंडेलले जन्मदिनको अवसर पारेर रक्तदान गरेको बताए । उनले भने, ‘रक्त अभावका कारण अकालमा कोहि कसैलाई ज्यान गुमाउन नपरोस भनेर यो कार्य गर्न उचित रहेको हाम्रो बुझाई छ । धेरै विरामी रक्त अभावका कारण नै प्राय ज्यान गुमाईरहेका हुन्छन । उनीहरुलाई यस कार्यले नयाँ जिवन दिनेछ ।’
Advertisement
उनले यसबाट अन्य ब्यक्तिलाई समेत प्रेरणा मिल्ने विस्वस्त छन । उनले यस्तो कार्यबाट नयाँ सोच र परम्पराको विस्तार हुने बताए ।
टिप्पणीहरू