८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि संचालन हुने नेपालगञ्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको हो ।
थारु गाउँमा थारु समुदायको विभिन्न परिकार जस्तै ढिक्री, घोघी, मुसाको चटनी, अचार, सिध्रा, सुङगुरको मासु, जाँडको झोल लगायतका परिकार पाइने सोनारी राप्ती मिडिया प्रा.लि.का संचालक हेमन्त चौधरीले जानकारी दिए ।
Advertisement
थारु गाउँमा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत बेजोड प्रस्तुती रहेको चौधरीले जानकारी दिए । थारु गाउँमा १५ वटा थारु स्टल रहने छ भने प्रवेश गर्न ३० रुपँैया टिकट लाग्ने आयोजक सोनारी राप्ती मिडिया प्रा.लि.ले जनाएको छ । थारु गाउँमा थारु संग्राहलय समेत रहने छ ।
टिप्पणीहरू