६ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन ।
उनले १ सय ६७ मत प्राप्त गरेर निर्वाचित भएका हुन भने विपक्षमा एक सय मत परेको छ । सभामुख निर्वाचनमा प्रतिनिधि सभाका २ सय ७५ मध्ये २ सय ६८ जना सांसद सहभागी भएका थिए ।
Advertisement
उनलाई नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका साथै तीनजना स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।
नवनिर्वाचित सभामुख घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । उजी २०५६ सालमा राष्ट्रिय सभा सदस्य भएका थिए । उनी नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा प्रदेश-१ का इन्चार्ज हुन । २०१३ साल जेठ १३ गते ताप्लेजुङको साविक सिकैँचा गाविस-९ हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा जन्मीएका घिमिरे हाल झापाको अर्जुनधारा नगरपालिका-६ का स्थायी बासिन्दा हुन ।
Advertisement
सभामुख पदका अर्का उम्मेदवार नेपाली काँग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाएका छन । उनलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरूले मतदान गरेका थिए । एक जना सांसद तटस्थ बसेका थिए ।
टिप्पणीहरू