Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १ चैत, इस्लामावाद । भारतले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफलाई अप्रिलमा नयाँ दिल्लीमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन निमन्त्रणा दिएको छ । हाल एससीओको अध्यक्षता भारत सँग छ, जसमा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान छन् । एससीओको अध्यक्षका रूपमा भारत बैठकको आयोजना गर्न लागेको बताइएको छ । कूटनीतिक […]

    १ चैत, काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने सरकारले निणर्य गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार गत फागुन ३० मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निणर्य गरेको हो । गत माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको […]

    १ चैत, बाँके । जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन । १२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो । लोहारले ती बालिकालाई सोही ठाउँ स्थित आँपको बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका […]

    ३० फाल्गुन, बाँके । बाँकेमा नेपाली लेखन संघ गठन गरीएको छ । एक कार्यक्रम बीच साहित्यकार अन्जु न्यौपानेको अध्यक्षता १४ सदस्यीय नेपाली लेखक संघ जिल्ला कार्यसमिति गठन गरीएको हो । बरिष्ठ साहित्यकार सनत कुमार रेग्मी तथा नेपाली लेखक संघ केन्द्रिय सदस्य धनमाया लुइटेल (ऋचा)को उपस्थितिमा उक्त कार्यसमिति गठन गरीएको हो । पुर्नःगठन गरीएको नेपाली लेखक […]

    ३० फाल्गुन, काठमाडौँ । आज राति देशभरका पहाडी भूभागहरू आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभाग धेरै र तराईंका एक दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव भइरहेको छ । […]

    ३० फाल्गुन, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रशासन र नेपाल रेडक्रस सोसाइटी बाँके शाखा बीच समन्वय बैठक सम्पन्न भएको छ । बाँकेका प्र.जि.अ. विपिन आचार्य, प्रमुख सेनानी श्याम आत्रिय पौडेल, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसंधान विभाग बाँकेका उप अनुसन्धान निर्देशक मोहन कुंवर, सशस्त्र प्रहरी नयाब निरीक्षक गोपाल अधिकारी र नेरेसो बाँके […]

    ३० फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दलको उपनेतामा मनोनयन गरेका छन । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङलाई सोमबार (२०७९ फागुन २९ गते) दलको उपनेतामा मनोनयन गर्दै अध्यक्ष ओलीले उपनेता नेम्वाङबाट तदनुरुपकोे जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुने विश्वास […]

    ३० फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलवार देखि काठमाण्डौँमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र […]

    २९ फाल्गुन, बाँके । सार्वजनिक स्थलमा रिर्पोटिङमा खटिएका मिडियाकर्मी माथि नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयरले दर्ववहार गरेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा सडक विस्तार क्रममा उत्पन्न विवादका विषयमा स्थलगत रिर्पोटिङमा मिडियाकर्मीले सार्वजनिक चासोको विषयमा उठाएको प्रश्न माथि नेपालगञ्ज उपमेयर खनिएका हुन । सार्वजनिक पदमा बसेका उपमेयर कमरुदिन राई सोही विवादित स्थलमा पुगेपछि रिर्पोटिङमा खटिएका […]

    २९ फाल्गुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निणर्यमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् […]

    Translate »