Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को मनोनयनमा को–को परे ?

    ४ चैत्र, काठमाडौँ । सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

    जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    Advertisement

    यस अवार्डमा चलचित्र, पप– आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

    सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

    Advertisement

    साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । सातौं संस्करणको निर्णायकहरुमा कृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ संयोजक, कलाकार सनम कठायत, साहित्यकार प्रकाश श्रेष्ठ (मालिका केशरी) र चलचित्रकर्मी देवेन्द्र बजगाई र आयोजक समिति रहेका छन् ।

    अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।

    Advertisement

    १. सर्वोत्कृष्ट चलचित्र गायन
    १. समिक्षा अधिकारी – बुझिनँ मैले (बोक्सीको घर)
    २. बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
    ३. रिता केसी – रिमै (रिमै)
    ४. प्रशान्त सिवाकोटी – काँधेकुरी (पूर्ण बहादुरको सारंगी)
    ५. सुजाता केसी– छ भने माया (रंगी)

    २. सर्वोत्कृष्ट चलचित्र गीतकार
    १. ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)
    २. यादव लम्साल – कसमको बत्तिको (ज्वाई साब)
    ३. नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
    ४. राम अविरल बिष्ट – बिञ्जुरी (घर ज्वाई)
    ५. हर्क साउद – मखमली चोली (उनको स्वीटर)

    Advertisement

    ३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
    १. जयन जे वाइवा – छड्के सलाम (बेहुली फ्रम मेघौली)
    २. एस.डी योगी – रुकुम मैकोट (खुस्मा)
    ३. आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
    ४. अर्जुन पोखरेल – यो मनले (१२ गाउँ)
    ५. करण राज कार्की – दर्शन गरे (पुजार सार्की)

    ४. सर्वोत्कृष्ट पप/ आधुनिक गायक
    १. नारायण थापा – औधी मन पराएँ
    २. सिडी विजय अधिकारी– सोल्टीनी
    ३. उमेश मुस्कान – तिम्रै माया लाग्छ
    ४. पवन रानाभाट – सम्झिन्छु तिमीलाई पनि
    ५. रुद्र शेखर शर्मा – के छ ओई सान्नानी

    ५. सर्वोत्कृष्ट पप/ आधुनिक गायिका
    १. सुमि पराजुली– माया गर्ने तरिका
    २. रेश्मा पुन – मायाका गीत
    ३. निता आचार्य – ताँते गर्दै
    ४. मनमाया पंगेनी – एैना जस्तै हिमाल हेर्दा
    ५. रानु निरौला – चोली ढाकाको

    ६. सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार
    १. डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं
    २. हेमराज तामाङ – तिमी मेरो प्राण हौं
    ३. रोहन पौडेल(जनक) – जेल पनि सहुँला
    ४. पुस्कर शाह – ताते गर्दै
    ५. सुमन के धिताल– सबलाई आफ्‌नो सोच्ने मान्छे

    ७. सर्वोत्कृष्ट पप/ आधुनिक संगीतकार
    १. शिशिर योगी – ताते गर्दै
    २. जीवन शर्मा – निर्वाध मन
    ३. राजेन्द्र बजगाई– पुतली
    ४. कमल अधिकारी – बग्ने खोलाको पानी
    ५. ज्ञानेन्द्र गिरी – आउ एउटा बाँचा गरौं

    ८. सर्वोत्कृष्ट बाद्यवादन
    १. सुरेन लामा
    २. सुनिल सिंह नेपाली
    ३. सन्दीप कार्की
    ४. बिशाल पौडेल

    ९, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला
    १. पुनम श्रेष्ठ– तिमी मेरो प्राण हौं
    २. प्रतिक्षा काफ्‌ले – औधी मन पराए
    ३. सुजिना गोले – कति माया गर्छु तिमीलाई
    ४. पुजा ठाकुर – जानु त पर्छ एक दिन
    ५, सजिना लामिछाने – देखेपछि

    १०, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष
    १, प्रज्वलराज भट्ट – औधी मन पराए
    २, बादल घिमिरे – हारी सके
    ३, अंशु बर्मा –भुपु माया रिर्टन्स
    ४, प्रवास लामा – कति माया गर्छु तिमीलाई
    ५, कुन्दन गुप्ता – दुनियाँ जल्दैछ

    ११, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
    १, निरम कुमार शाही – उखुमै बनायो
    २, राजु ढकाल – खोली सलल
    ३, सुरेश अन्जन – विहेको निम्तो
    ४, पुरुषोत्तम गैरे – बैनीको का परो
    ५, सागर आले – बुझेन मायाले प्यार गरेको

    १२, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
    १, इश्वल सन्ज्याल – ईत्ति माया
    २, कला गुरुङ – घरबारे माया
    ३, शान्ति शाही – जोवन मलाई देउ
    ४, सिम्रन परियार – बैनीको का पर्‍यो
    ५, रितु बोहोरा – पैसा जोगाउन

    १३, सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
    १, दीपक अधिकारी –यो जुनीमा
    २, नेत्र अर्याल – जोबन मलाई देउ
    ३, सेर साउद –ईत्ति माया
    ४,कमल खनाल – तालि बजाईदेउ
    ५,रोशन रेग्मी– ए बा हो मलाई

    १४, सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
    १,शिव काम्छा मगर– घरबारे माया
    २,रमेश परियार – उखुमै बनायो
    ३,सुप्रिम विश्वकर्मा – तिम्रो मिठो बोली
    ४,रोशन सिंह – अरे आम्मै मरे
    ५,मन्जीत पहाडी – चिसो चिसोमा

    १५,सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
    १, आशा विश्वकर्मा – तिम्रो मिठो बोली
    २, अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको
    ३, संचिता बोलाखे – घामपानीको छाता
    ४,सरिता धनकुटी – दिलको ढोका
    ५, आरुसी मगर– झ्याप्पै

    १६, सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
    १, अभिशेख खड्का – जोबन मलाई देउ
    २, सुरेश कोली – झ्याप्पै
    ३, विमल अधिकारी – म त सोझी गाउँकी
    ४, कैलाश कठायत – ईत्ती माया
    ५, सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ

    १७ सर्वोत्कृष्ट कोरियोग्राफी
    १, सन्दीप भुजेल – काँचो रानी बेल
    २,राहुल शाह – किस किस
    ३,अनिल राई –लुकुनी
    ४,राजाराम सिंखडा – पश्मिनाको सल
    ५,लोसिना शाक्य –झिम झिमाउने आँखा

    १८, सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन
    १, सर्जु रञ्जित –ईत्ती माया
    २, मदन बम –तिमी मेरो हौं
    ३, आश्मा दुलाल – मेरो बाबा
    ४, शिवजी परियार –बाग्लुङ गुड्यो रात्री बस
    ५, मिना एनपी – मनमा के छ

    १९, सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल
    १, गिता पन्थी – मिठा मिठा मनका कुरा
    २,इशा परियार – चुना लगाएर
    ३,सहिस्मा खड्का –जेनतेन चलिराछ
    ४,एनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको
    ५,ग्रिष्मा पौडेल – अलविदा

    २०, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
    १, रचना न्यौपाने – तालि बजाईदेउ
    २, अन्जु सुनार – गलबन्दी
    ३,कुशुम कुँवर – म त सोझी गाउँकी
    ४, आशिका घिमिरे – चिसो चिसोमा

    २१, सर्वोत्कृष्ट बाल प्रतिभा
    १, आर्यन पाण्डे– मेरो अनुरोधमा
    २, परिधि खतिवडा – घरकी फुलबारी
    ३, प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान
    ४, एलेक्स खड्का – डिर्भोस
    ५, इनोभ गुरुङ– रोधीघर

    २२ सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
    १, रुपेश थापा– नाच नाच
    २, महेश महरा –तिम्रै माया लाग्छ
    ३, प्रकाश खड्का – कति माया गर्छु तिमीलाई
    ४, उत्सव दाहाल – तिम्रो साथमा
    ५, दिपक गिरी – ऐना जस्तै हिमाल

    २३, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
    १, विकास दाहाल – तिमी मेरो प्राण हौं
    २, कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस
    ३, अमृत चापागाई – सम्झीन्छु तिमीलाई पनि
    ४, मनोज कार्की– लाहुेरे लैन केरे
    ५, मिन रावल – तिम्रो मनको

    २४, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
    १,जेरी भण्डारी– खोली सलल
    २,शेर साउद – ईत्ति माया
    ३,किरण श्रेष्ठ – ताते गर्दै
    ४,प्रविण थापा– अरे आम्मै मरे
    ५,निरेन श्रेष्ठ –जाम कान्छि रेलैमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »