Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी

    ७ माघ, काठमाडौँ । आगामी फाल्गुन २१ गते हुने संघीय सांसदको निर्वाचनका लागि मंगलबार देशभर प्रत्यक्षतर्फ एक सय ६५ पदका लागि स्वतन्त्र सहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

    निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उम्मेदवार छन् ।

    Advertisement

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उजुरी दिन सकिनेछ ।

    आज दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगको तयारी छ ।

    Advertisement

    माघ ९ गते विहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »