Close sidebar
  • ताजा
  • लोकप्रिय
  • समानुपातिक तर्फ ६४ दलले बुझाए बन्दसूची

    १५ पुष, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक तर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् ।

    निर्वाचन आयोगका अनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपा सहित २२ वटा दलले समानुपातिक तर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    Advertisement

    बाँकीले न्यूनतम ११ देखि एकसय जनासम्मको बन्दसूची पेश गरेका छन् ।

    बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । समानुपातिक तर्फ बन्दसूची पेश गर्ने सोमबार अर्थात पुष १४ गते अन्तिम दिन थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    7

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »