२४ मंसिर, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित एक युवकलाई प्रहरी पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बाँकेको कोहलपुर नगरपालिका–६ बेलनपुर बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप आवश्यक कार्वाही पक्रिया अगाडि बढाइएको ईलाका प्रहरीले जनाएको हो ।

















टिप्पणीहरू