Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज–दिल्ली उडानका लागि पहल

    ९ साउन, बाँके । बाँकेको नेपालगञ्जमा अन्तरराष्ट्रिय स्तरको विमानस्थल तयार हुँदा पनि उडान नपाएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको खबर प्रकाशित भएसँगै नेपालगञ्ज दिल्ली उडानको माग पुनः उठान गरिएको छ ।

    प्रधानमन्त्रीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने खबर सार्वजनिक भएसँगै नेपालगञ्ज दिल्ली हवाई उडानको मागको चर्चा सुरु भएको हो । प्रधानमन्त्री ओली भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्ने तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीलाई दुई दिने भ्रमणको टुंगो लागेको हो ।

    Advertisement

    २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले पद सम्हालेको १४ महिनापछि भारतीय समकक्षीको निम्ता पाएका छन् । पर्यटन व्यवसायी र सम्बद्ध व्यवसायीहरुले उठाउँदै आएको नेपालगञ्ज दिल्ली हवाई उडानलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणमा एजेण्डा बनाउन पहल गर्न नेपालगञ्जमा भेला आयोजना गरिएको छ ।

    नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगञ्ज र दिल्ली बीच सिधा हवाई उडानको विषयलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा समावेश गर्न पहल थालिने भएको हो ।

    Advertisement

    विगतमा पटकपटक कुरा उठे पनि ठोस निष्कर्षमा पुग्न नसकेको यो मुद्दालाई यसपटक भने नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल भारता मैत्री संगठन अन्तर्राष्ट्रिय कमिटीको अगुवाईमा कार्यबिभाजन नै गरेर सक्रियता देखाइएको छ । त्यस सम्बन्धमा कार्ययोजना बनाउन बुधवार सर्वपक्षीय बैठकको आयोजना गरि बिभिन्न निर्णय गरिएको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले बताए ।

    नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा ’नेपालगन्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । बैठकले सबै राजनीतिक दलहरुलाई समन्वय गरेर प्रधानमन्त्री सम्म एजेण्डा, आवश्यकता र प्रभावकारिता सहित पुग्ने गरि योजना बनाएको उनले बताए ।

    Advertisement

    बैठकमा धारणा राख्दै नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले ऐजेण्डाहरु जसरी प्राथमिकताका साथ उठाइन्छ, त्यसको टुंगो नलागुञ्जेल छाड्न नहुनेमा जोड दिए । बाँके काँग्रेसका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिन जरुरी रहेको बताए । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने बताए । उनका अनुसार यो अवसर भारत सरकारले सकारात्मक सन्देश प्रवाह गरेमा अझै नेपाल भारतको सम्बन्धमा यो उडानले धेरै समस्याहरूको समाधान गर्ने छ ।

    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने बताए यो ।

    Advertisement

    उनले भने, ‘अवसर भारत सरकारले सकारात्मक सन्देश प्रवाह गरेमा अझै नेपाल भारतको सम्बन्धमा यो उडानले धेरै समस्याहरूको समाधान गर्ने छ भने नेपालगञ्जलाई ’मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज– दिल्ली सिधा उडान अपरिहार्य मानिएकोे छ ।’

    यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको बैठकमा औल्याइएको छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइराला, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशीष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ ।

    यो समितिले १० दिन भित्र नेपालगन्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे अध्ययन सहितको प्रतिवेदन तयार पार्नेछ । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ ।

    त्यस्तै, नेपालगञ्ज–दिल्ली उडानको मागलाई निरन्तर छलफल र बहसका माध्यमबाट निष्कर्षमा पुर्याउन दबाब सिर्जनाका लागि आवश्यक कार्ययोजनाका लागि संघका महासचिव रानाभाटको संयोजकत्वमा संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपालगञ्ज उप–महानगरपालिकाकी निवर्तमान उप–प्रमुख उमा थापामगर र स्थानीय शासन विज्ञ मीनबहादुर मल्ल सदस्य रहेको समिति गठन गरिएको छ ।

    तीनै तहका सरकारसँग सहकार्य गरेर यसलाई सफल बनाउने गरि अगाडी बढ्ने निर्णय भएको समुहका सदस्य–सचिव समेत रहेका रानाभाटले स्थानीय सरकारका प्रमुख, प्रदेश सभाका सदस्यहरु र बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्ने निर्णय भएको बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »