Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मन्त्री अग्रवाल सहित १५ जनालाई सम्मान, रेडियोकर्मी गिरी पुरस्कृत

    २ मंसिर, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शनिबार नेपालगञ्जमा ३२औं र ३३औं वार्षिक साधारण सभाको उद्घाटन गरेका हुन् । मन्त्री भण्डारीले नौबस्ता औद्योगिक क्षेत्रको काम चालु आर्थिक वर्षभित्रै सुरु गर्ने र आइसीपीलाई पूणर् रुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले नौवस्ता औद्योगिक क्षेत्रका लागि संघ लगायतका साझेदारको पनि आवश्यक रहेको बताए ।

    Advertisement

    साधारणसभाले महासचिव भीमबहादुर रानाभाटको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मख्खनबहादुर धामीको आर्थिक प्रतिवेदन सर्वसम्मत्बाट पारित गरेको थियो । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले, पूर्वअध्यक्षकोे तर्फबाट नन्दलाल वैश्यले साधारणसभाको सफलताको कामना गरेेका थिए ।

    अर्थ समृद्धि स्मारिकाको विमोचन

    नेपालगन्ज उद्योग वाणिज्य संघले प्रकाशन गरेको स्मारिका अर्थ समृद्धि विमोचन गरिएको छ ।

    Advertisement

    नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शनिबार नेपालगन्जमा ३२औं र ३३औं वार्षिक साधारण सभाको अवसरमा स्मारिका विमोचन गरेका हुन् । स्मारिका भन्सार विशेष रहेको छ । जसमा नेपालगन्जमा भन्सार राजस्व बर्सेनि घट्दै गइरहेको, खुला सीमा नाकाले उद्योगी, व्यवसायी मर्कामा परेको, प्लाइउड उद्योगले निर्यातमा आशा जगाएको लगायतका सामग्री समेटिएको छ ।

    रेडियोकर्मी गिरी पुरस्कृत

    नेपालगन्ज उद्योग वाणिज्य संघले पत्रकार नविन गिरीलाई पुरस्कृत गरेको छ ।

    Advertisement

    संघको ३२ र ३३औं वार्षिक साधारणसभाको अवसरमा रेडियो नेपालका बाँके संवाददाता नविन गिरीलाई ११ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारका लागि गिरीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले सिफारिस गरेको हो ।

    लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, संघका अध्यक्ष टंकबहादुर धामीले पुरस्कार हस्तान्तरण गरेका थिए । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल र संघका अध्यक्ष टंकबहादुर धामीले पुरस्कृत गरेका हुन् । त्यसैगरी रेडियो कृष्णसारकर्मी कृष्ण अधिकारीलाई संघले सम्मान गरेको थियो ।

    Advertisement

    त्यस्तै, संघले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई विशेष सम्मान गरेको थियो । संघका प्रवक्ता डम्मरबहादुर चन्दका अनुसार संघको पूर्व प्रथम उपाध्यक्ष रहेका मन्त्री अग्रवाललाई संघकोे उन्नति प्रगतिमा सहभागी हुँदै राजनीतिक यात्रामा लागेको भन्दै सफलताको कामना गर्दै सम्मान गरेको हो ।

    यस्तै, गल्ला मण्डीका एम.डी.स्टोरका मैैनुद्दिन अन्सारी, संघका पूूर्व अध्यक्षहरु कन्हैया लाल टण्डन, सतिशचन्द्र अग्रवाल, सुनिलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो ।

    यस्तै, उत्कृष्ट भारत निर्यातकर्ता गंगा रोजिन एण्ड टर्पेन्टाइन इण्डष्ट्रिजका प्रकाश तायल, तेस्रो देश निर्यातकर्ता बाहुबली हर्बल एसेन्स एण्ड एम्ट्राम्सका राजेशकुमार जैन, उत्कृष्ट महिला उद्यमी द बज्ज फेशन वयरका सिमिता राणा, उत्कृष्ट युवा व्यवसायी लजिज पिज्जा वर्ड नेपालका आदित्य गुप्ता र संघर्षशील व्यवसायी गोरखा साइकल सप्लायर्सका मो.सरिफ वागवानलाई सम्मान गरिएकोे थियो ।

    यस्तै, ३ वर्षको अग्रीम फर्म नविकरण गर्ने सयपत्री फेन्सी स्टोरका देवेन्द्रबहादुर जिसी, अग्रीम एक वर्ष फर्म नविकरण गर्ने गंगा रोजिन एण्ड टर्पेन्टाइन इण्डिट्रिजका प्रकाश तायल र अग्रीम एक वर्षको फर्म नविकरण गर्ने गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्सका पूणर्प्रसाद गौतमलाई सम्मान गरिएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »