२९ कात्तिक, बाँके । परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्यतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ ।
बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूणर् तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराए ।
Advertisement
अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिनेछ ।
अध्यक्ष वैश्यले हडिया बाबाको महिमा बारे चर्चा गर्दै ‘कुनै बेला राप्ती नदी घाटमा भण्डारा सञ्चालन हुने क्रममा ध्यू खतम हुँदा योगीराज हडिया बाबाले गंगा माताबाट जल लिएर भण्डारा सञ्चालन गरी अर्को दिन नेपालगन्ज बजारबाट ध्यू लगी नदीमा प्रवाह गरेको बताउँदै’ उनको महिमा मेरो बुवा-बाजेबाट प्रत्यक्ष जानकारी भएको बताए ।
Advertisement
हाल श्री हडिया बाबा आश्रमको सरसफाईदेखि लिएर मेला तथा धार्मिक श्रीरामलीला मञ्चनमा गरिने सम्पूणर् तयारीको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको अध्यक्ष वैश्यले बताए ।
अध्यक्ष वैश्यले मंसिर ४ गते आयोजना हुने श्री १००८ हडिया बाबाको शोभा यात्रामा समेत सम्पूणर् बाँकेबासीहरुलाई सहभागिता जनाउन तथा प्रत्येक दिन हुने मेलामा सहभागिता जनाई पुण्यलाभ लिन समेत अनुरोध गरेका छन् ।
Advertisement
पत्रकार भेटघाट कार्यक्रममा हडिया बाबा आश्रम कार्य समितिका महासचिव बेचनलाल गुप्ता, सदस्य बृजेशबहादुर सिंह, ललित पौडेल तथा हडिया बाबा आश्रमका पुजारी सोम गिरी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम हडिया बाबा आश्रम मन्दिर व्यवस्थापन कार्य समितिका प्रेस संयोजक चन्द्रेश्वर राज त्रिपाठीले सञ्चालन गरेका थिए ।
टिप्पणीहरू