८ असोज, काठमाडौँ । इजरेलले लेबननको हिजबुल्लाहलाई लक्षित गरेर गरेका भीषण हवाई हमलामा परेर कम्तीमा ४ सय ९२ जना मारिएका छन ।
लेबननको स्वास्थ्य मन्त्रालयका यो संख्यामा ३५ जना बालबालिका र ५८ जना महिला समेत छन । यस्तै १६४५ जना घाइते भएका छन ।
Advertisement
यो झन्डै दुई दशकमा त्यहाँको सबैभन्दा घातक घटनाको रुपमा लिइएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयर्टसले उल्लेख गरेको छ ।
हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरेलले जनाएको छ ।
Advertisement
यस्तै, हिज्बुल्लाहले उत्तरी इजरेलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरेली सेनाले जनाएको छ ।
टिप्पणीहरू