७ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाएका छन ।
संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्चको संयुक्त आयोजनामा सोमबार भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाका रुपमा प्रयोग गरेको बताएका छन् ।
Advertisement
प्रचण्डले नयाँ गठबन्धन गर्नु दुई चार दिनअघिसम्म कांग्रेस र एमालेको औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकता माथि छलफल नभएको बताए ।
अध्यक्ष दाहालले संविधान संशोधन नयाँ एमाले कांग्रेसको एजेण्डा नभएर कथा र बहाना मात्रै रहेको बताए ।
Advertisement
सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट रहेको अध्यक्ष प्रचण्डको ठम्याई छ ।
टिप्पणीहरू