१७ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश स्तरीय बैठक सम्पन्न गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेश स्तरीय बैठक मार्फत विभिन्न एजेण्डा उपर छलफल र सुझाव संकलन गरेको पार्टीले जनाएको छ ।
Advertisement
प्रदेश स्तरीय बैठकमा सहभागी हुन आइतबार रास्वपाका अध्यक्ष एवं सभापति रवि लामिछाने नेपालगञ्ज पुगेका थिए ।
सभापति लामिछानेको सभापतित्वमा बसेको बैठकमा पार्टी भित्रको आन्तिरिक क्रियाकलाप, पार्टीको कार्ययोजना, समसामयिक राजनीतिक प्रस्ताव र समीक्षाको विषयमा छलफल भएको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण बिभाग सचीव सन्देश भण्डारीले नाईल खबरलाई जानकारी गराए ।
Advertisement
बैठकमा केन्द्रीय का.बा. महामन्त्री कबिन्द्र बुर्लाकोटीको विषेश उपस्थितिमा प्रदेश समिति, प्रदेश विभाग समिति, जिल्ला समिति सदस्यहरुको सहभागिता रहेको सचिव भण्डारीले बताए ।
यस्तै, लुम्बिनी प्रदेशको दोश्रो विस्तारित बैठक समेत नेपालगञ्जमा सम्पन्न भएको छ । उक्त बैठकमा प्रदेश समिति, प्रदेश विभाग समिति जिल्ला समिति, क्षेत्र समिति तथा पालिका सभापतिको वृहत सहभागिता रहेको थियो ।
टिप्पणीहरू