Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तनहुँका ३८ उद्योग विरुद्ध मुद्दा दायर

    १० साउन, तनहुँ । खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँका ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ ।

    आर्थिक वर्ष २०८०-८१ मा खाद्य ऐन विरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योग विरुद्ध मुद्दा दायर गरेको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी गराइन ।

    Advertisement

    उनका अनुसार ७७ उद्योगको अनुगमन पछि सङ्कलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको हो ।

    खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई पाँच वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »