Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बढैयातालका शिक्षा शाखा प्रमुख माथि अभद्र व्यवहार, कर्मचारी आन्दोलित

    १६ फाल्गुन, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकाका कर्मचारी माथि अभद्र व्यवहार भएको छ ।

    बुधबार विहान घरबाट बढैयाताल गाउँपालिकाको कार्यालय आउदै गर्दा शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल माथि अज्ञात समुहले मोटरसाईकल रोकेर अभद्र व्यवहार गरेका हुन ।

    Advertisement

    बढैयाताल गाउँपालिका बडा ३ भोलागौदी बजारमा पहिचान हुन नसकेका केहि व्यक्तिहरुबाट कालोमोसो दल्दै लछारपछार गरि अभद्र व्यबहार भएको गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी गराए ।

    ‘राष्ट्रसेवक कर्मचारीहरुबाट कार्य सम्पादन क्रममा केहि कमजोरी भए कानूनी कारवाही गर्ने कानूनी व्यवस्था हुदाँ हुदैँ संघीयता माथि नै चुनौती दिदँै कानुन हातमा लिने यस्ता गैर कानुनी क्रियाकलापको घोर भर्तसना गर्दछौं’ अध्यक्ष त्रिपाठीले भने ।

    Advertisement

    सामाजिक सञ्जालमा पोस्ट भए अनुसार उक्त घटनामा नेकपा क्रान्तिकारीको भात्री सगठन अखिल (क्रान्तिकारी) ०६ नम्बर प्रदेश समिति (कणर्ाली), सो घटनामा जिम्मेवार देखिएको गाँउपालिकाले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

    घटना बाहिरिए लगत्तै गाँउपालिका र गाँउपालिकाका कर्मचारीले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गर्दै घटनामा संग्लन व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कडा कारवाहीका लागी जोडदार माग गरेका छन ।

    Advertisement

    उक्त घटनाको दोषीलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कार्वाही नगरे सम्म गाँउपालिका तथा अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुबाट हुने अत्यावश्यक सेवा बाहेकका सम्पूणर् सेवाहरु आज देखी अनिश्चित कालीन बन्द गरिने कर्मचारीले अडान लिएका छन ।

    गाँउपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले घटनाको भत्सर्ना गर्दै दोषी उपर कडा कार्वाहीको माग गरेका छन । उनले भने, ‘यो अत्यन्तै दुखद निन्दनीय कार्य हो । कर्मचारीले गलत गरे कानुनी उपाय तथा कार्वाही गर्ने निकाय छ । हामी कर्मचारी आन्दोलित छौं । दोषी माथि कडा कार्वाहीको माग गर्दछौं ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »