Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अन्तर्राष्ट्रिय व्यापारमा सङ्कुचन, आयात ९१ प्रतिशत

    १० फाल्गुन, काठमाडौँ । गत आर्थिक वर्षको सोहीको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा सङ्कुचन देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो ।

    गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।

    Advertisement

    माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात भएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »