Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निचोड पेश गरिने

    १० फाल्गुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ । ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा जारी बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ–आफ्नो राय दिने कार्यसूची छ ।

    जारी बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी ९ वटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।

    Advertisement

    बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बुधबार कार्ययोजना प्रस्तुत गरेका थिए ।

    समूहगत छलफलमा उठेका विषयहरूमा स्थायी कमिटीको समूहबाट संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजंग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासबाट पार्टीका केन्द्रीय सदस्य पेम्बा लामाले आआफ्नो समूहको लिखित प्रतिवेदन केन्द्रीय कमिटीको आज बस्ने बैठकमा प्रस्तुत गर्ने एमालेले जनाएको छ ।

    Advertisement

    उक्त कार्ययोजनामा ९ समूहमा विभाजन गरी छलफल गरिएको थियो । सोही समूहले आज प्रतिवेदनको निचोड सुनाउनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »