१० फाल्गुन, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
साथै गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षा भइरहेको विभागले आज विहान जारी गरेको बुलेटिमा जनाइएको छ ।
Advertisement
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Advertisement
राती भने कोशी, मधेश र बागमती प्रदेश लगायत पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक यातायातमा असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
टिप्पणीहरू