Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १८ जना प्रहरीलाई ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन

    १० फाल्गुन, काठमाडौँ । जानकारी नदिई गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिना भन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।

    Advertisement

    ‘केही प्रहरी मंसिरदेखि गैरहाजिर छन्। खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा आएका छैनन्। सात दिन भित्र हाजिर हुन आउनु’ प्रहरी प्रधान कार्यालयले सूचनामा भनेको छ ।

    उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरण सहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ । अन्यथा प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने बताइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »