७ फाल्गुन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि गतिलो काम गर्न नसकेको बताएका छन ।
आइतबार नेकपा (एमाले) कैलाली जिल्ला कमिटीको नवौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार निकम्मा भएको बताए ।
Advertisement
प्रधानमन्त्रीले एउटा पनि देखाउन लायक काम नगरेको र सरकार निकम्मा भएकाले अब पनि केही काम गर्न नसक्ने अध्यक्ष ओलीले बताए ।
प्रधानमन्त्री प्रचण्डले पटक पटक सच्चिने कुरा गर्नुभएको भए पनि अब उहाँले सच्चिने सम्भावना नरहेको भन्दै अध्यक्ष ओलीले प्रश्न गरे, ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?
Advertisement
अहिले राष्ट्र निकै कमजोर अवस्थामा पुगेको, देशमा कुशासन, अनियमितता र भ्रष्टाचार बढेको तथा राष्ट्रिय स्वाभिमान सङ्कटमा परेको उनले बताए ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका काम सरकारले रोकेको र विकासका सबै काम ठप्प पारेको जानकारी गराए । उनले सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको भनाइ राखेका थिए ।
अध्यक्ष ओलीले अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्न र गुटबन्दी नगर्न आग्रह गरे ।
Advertisement
उनले व्यावसायिक कृषि उत्पादनबाट मात्र समृद्धिको सपना साकार हुने बताउँदै नयाँ प्रविधिको प्रयोगले कृषि उत्पादन बढाउन सकिनेमा जोड दिए ।
टिप्पणीहरू