Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा पौष ५ गते देखि महोत्सव हुदैँ

    २५ मंसिर, बाँके । बाँकेको नेपालगञ्जमा कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सव हुने भएको छ ।

    ए.जि.सर्भिस प्रा.लि. को आयोजनामा यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव संचालन हुने आयोजकले जनाएको छ ।

    Advertisement

    विगतमा नेपालगञ्जमा महोत्सव सहित विविध कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष पनि ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित महोत्सव गर्न लागिएको ए.जि.सर्भिस नन्द बहादुर बुढाले बताए ।

    अध्यक्ष बुढाले भने, ‘कानुनी सबै प्रक्रिया पूरा गरी सकेका छौँ । अब हालै हामी पत्रकार सम्मेलन आयोजना गरेर औपचारिक रुपमा महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराउनेछौँ ।’

    Advertisement

    सम्भावित पत्रकार सम्मेलन मंगलबार नै गर्ने आयोजकको तयारी रहेको छ ।

    ज्यमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापन गर्ने जिम्मा पाएको छ । यस्तै संरक्षकको रुपमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।

    Advertisement

    फाईल तस्विर

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »