२५ मंसिर, काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले एनसेल बारे औपचारिक रुपमा छानविन थालेको छ ।
उक्त छानविन समितिले यसबारेमा कुनै तथ्यपरक जानकारी सूचना भए [email protected] इमेल गर्न समेत आग्रह गरेको छ । मलेसियाली कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि कारोबार आकस्मिक र अविश्वसनीय भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
Advertisement
व्यापक प्रश्न उठेपछि यसबारे छानबिन गर्न दबाब बढेको छ । जस पश्चात सरकारले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सचिवालय स्थापना गरेर समितिले औपचारिक काम थालेको हो । सरकारले तोकेको कार्यादेशअनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन पेस गर्ने आयोगले जनाएको छ ।
Advertisement
आयोगका अनुसार यसबीचमा विभिन्न नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल हुनेछ । त्यसक्रममा समितिले विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरुसँग समेत छलफल गर्नेछ ।
टिप्पणीहरू