Close sidebar
  • ताजा
  • लोकप्रिय
  • डुडुवाका लेखा अधिकृतले प्रयोग गर्ने सरकारी मोटरसाईकल चोरी गर्ने पक्राउ

    १७ मंसिर, बाँके । बाँकेको डुडुवा गाँउपालिकाका लेखा अधिकृतले प्रयोग गर्ने सरकारी मोटरसाईकल चोरी गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

    शनिवार राति करिब १० बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोबाट डुडुवा गाँउपालिकाको नाममा दर्ता रहेको भे १ व १७९६ नं.मो मोटरसाईकल चोरी भएको थियो ।

    Advertisement

    गाँउपालिकाका लेखा अधिकृतले प्रयोग गर्दै आएको मोटरसाईकल चोरी भएको निवेदन पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश टोलीले खोजतलास गर्ने क्रममा राति साढे १० बजेको समयमा कारकादोबाट भारत जिल्ला वहराईच थाना रुपैडिया नानपारा ग्रामका २० वर्षिय अमन श्रीवास्तवलाई उक्त मोटरसाईकल सहित पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीषक नारायण डाँगीले जानकारी दिए ।

    उनले जानकारी गराउदैँ भने, ‘कारकादोबाटै श्रीवास्तवलाई उक्त मोटरसाईकल सहित तत्काल नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाही अघि बढाईएको छ ।’

    Advertisement

    मुलुकी फौजदारी संहिता २०७४ को दफा १४२ बमोजिम ३ वर्ष सम्म कैद र ३० हजार सम्म जरिवाना हुने कानूनी सजाय व्यवस्था छ ।

    पछिल्लो समय नेपालगञ्जमा मोटरसाइकल चोरीको घटना बढेको छ । दुई महिना यता बाँके जिल्ला भित्र २२ वटा मोटरसाईकल चोरीका घटना भएकोमा प्रहरीको तथ्यांक छ ।

    Advertisement

    जसमध्ये सात वटा मोटरसाईकल सहित मोटरसाईकल चोरीमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर कारबाही गरिएको डिएपी डाँगीले बताए । उनका अनुसार तीन वटा मोटरसाईकल वेवारिसे अवस्थामा फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाईएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »